काठमाडौँ, २१ असार : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ साललाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ०८४ सालबाट देशलाई क्रान्तिको नयाँ चरणतर्फ प्रवेश गराउने दाबी गरेका छन्।
महिला, उत्पीडित, आदिवासी, जनजाति सबैका निम्ति क्रान्तिको झन्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको उनले उल्लेख गरेका छन्। जनयुद्धका बेला भाषण, दर्शन र सिद्धान्तको व्याख्याभन्दा गीत, संगीत र नृत्यले बढी भूमिका खेलेको बताउँदै उनले आगामी निर्वाचनको लडाइँमा पनि संगीत मार्फत निर्णायक भूमिका खेल्ने बताए।
अध्यक्ष दाहालले भने, ‘आउँदो ०८४ साललाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ भन्ने विश्वास लिएको छु। मलाई विश्वास छ, कमरेडको रूपमा तपाईँहरू सबैले पनि आफ्नो भूमिका पूरा गर्नुहुनेछ।‘
दाहालले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबी समेत गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















