07/04/2025, 15:07:54

श्रम अदालतको आदेश बमोजिम परिचारिकालाई काममा फर्काउन वायुसेवा निगम तयार


काठमाण्डौँ, २० असारः नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान परिचारिकालाई काममा फर्काउन तयार रहेको जानकारी गराएको छ ।

यही असार ६ गतेको अन्तरकालिन आदेश बमोजिम निगमले श्रम अदालतमा बुधबार बरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई काममा लगाउन तयार रहेको जानकारी गरांएको हो । आजै निगमले कार्कीलाई काममा फर्कन इमेलमार्फत पत्राचार गरेको उहाँका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिनुभयो ।

श्रम अदालतको आदेश बमोजिम आफूलाई काममा फर्काउन निगम सहमत भएको र सोही अनुसार आफू नियमित सेवामा रहने विमान परिचारिका कार्कीले बताउनुभयो ।

बरिष्ठ विमान परिचारिका कार्कीलाई कार्यालयमा हाजिर गराउन असार ६ र असार १३ गते अदालतबाट अन्तकारलीन आदेश जारी गर्दै विपक्षी निगम व्यवस्थापनलाई अदालत झिकाएको थियो ।

श्रम अदालतका न्यायाधीशहरु जनकराज पाण्डे, निशा बाँनिया र शैलेन्द्र कुमार चौरसियाको इजलासबाट उक्त आदेश जारी भएको थियो । अदालतको यो निर्णयले अब निगममा कार्यरत करारका क्याविन क्रुलाई कम्तीमा ५० वर्ष उमेरसम्म सेवा सुनिश्चित भएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ