06/29/2025, 11:41:17

दोधारा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास चाँडै : उद्योगमन्त्री भण्डारी


गोदावरी (कैलाली), १५ असारः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाहको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ ।

सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री भण्डारीले नेपाल र भारतका प्रधानमन्त्रीले चाँडै संयुक्त रूपमा शिलान्यास गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले सुक्खा बन्दरगाह संयुक्त रूपमा शिलान्यास गर्ने स्पष्ट पार्नुभयो ।

भारतीय राजदूतसँगको छलफलपछि शिलान्यासको समय तय गरिने मन्त्री भण्डारीको भनाइ थियो । सुक्खा बन्दरगाह निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाइसकेको छभने नेपाल सरकारले एक हजार पाँच सय ९३ रूख कटान गरिसकेको छ । नेपाल सरकारले निर्माणकार्यका लागि जग्गाको स्वामित्व हस्तान्तरण गरेर सुक्खा बन्दरगाहको शिलान्यास गर्ने तयारी गरिरहेको छ । मन्त्री भण्डारीले सुक्खा बन्दरगाह निर्माण भएपछि सुदूरपश्चिमसहित मुलुकको औद्योगिक विकासमा मद्दत पुग्ने बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ