06/28/2025, 23:04:52

नीतिगत सुधार र प्रविधिमैत्री कानुन निर्माण हुनुपर्नेमा उद्योगमन्त्री भण्डारीको जोड


गोदावरी (कैलाली), १४ असारः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कानुनी जटिलताका कारण देशमा ठूला उद्योग स्थापना हुन नसकेको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित औद्योगिक नीतिको मस्यौदामाथि सरोकारवालासँगको छलफलमा उहाँले नीतिगत सुधार र प्रविधिमैत्री कानुन निर्माणको आवश्यकता रहेको बताउनुभयो । उहाँले निजी क्षेत्र लगानी गर्न तयार भए पनि कानुनी जटिलताले त्यसो गर्न अक्षम भएका र लगानीयोग्य रकम थुप्रिएको वास्तविकता सुनाउनुभयो ।

कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र कानुनी जटिलताकै कारण १० वर्षसम्म निर्माण हुन नसकेको बताउँदै उहाँले भन्नुभयो, “दैजी छेला औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया प्रारम्भ भएको १० वर्ष भइसक्यो । तर कानुनी जटिलताका कारण अघि बढ्न सकेको छैन । नौ सय बिघा जमिन तयार छ ।

मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग वाणिज्य क्षेत्रलाई ३१ वटा विशेष बुँदामार्फत प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले कम्पनी ऐनमा सुधार, विशेष आर्थिक क्षेत्र, औद्योगिक पूर्वाधार विकास लगायतका विषयमा सरकार सक्रिय भएर लागि परेको बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ