06/28/2025, 22:34:38

पार्टी विचलनमा गयो, दुर्घटनाबाट जोगाउन यथास्थितिबाट फर्कियौँ : अध्यक्ष प्रचण्ड


भक्तपुर, १४ असारः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई दुर्घटनाबाट जोगाउन यथास्थितिबाट आदर्शतिर फर्काएको बताउनुभएको छ ।

माओवादी केन्द्र मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको पार्टीका केन्द्रीय सल्लाहकार स्व कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा उहाँले पार्टीलाई फेरि एकपटक समाजवादको यात्रामा अगाडि बढाएको बताउनुभएको हो ।

अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीमा निकै ठूलो दुर्घटना हुनसक्छ भनेर नै पार्टीलाई यथास्थितिबाट फेरि आदर्श, समर्पण, वर्ग सङ्घर्ष र समुदायतर्फ फर्काउने सङ्कल्प पार्टीको केन्द्रीय समितिको बैठकबाट ग¥यौँ । पार्टीलाई एकपटक समाजवादको यात्राको नेतृत्व गर्ने पार्टीका रुपमा अगाडि बढाउने सङ्कल्प र प्रतिबद्धता गरेका छौँ ।

उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टी स्थापना गर्दा जुनआदर्श, समर्पण भावको साथ त्याग र तपास्याद्वारा जनताको सेवा गर्ने, जनतामा सेवाभाव तथा वर्ग मुक्तिका लागि आफूलाई सम्पूर्ण रुपमा समर्पण गर्ने प्रतिबद्धता गथ्र्यौ, जनक्रान्ति, जनयुद्ध, जनआन्दोलनमा यसप्रकारको समर्पण प्रकट गथ्र्यौ, तर त्यो समर्पणमा खडरी प¥यो ।

पार्टीमा अवसरका निम्ति, स्वार्थका निम्ति, व्यक्तिका तछाडमछाड गरेको बताउदै उहाँले पार्टीमा राजनीतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरुको मुक्तिका लागि जति हुनुपथ्र्यो, त्यो हुन नसकेको उहाँको भनाइ थियो । अहिलेकै अवस्था रहेमा कम्युनिष्ट भविश्य र आन्दोलनमा देखेको सपना पूरा हुन सक्दैन भन्ने ठहर गर्दै पार्टी फेरि एकपटक आफ्नो सिद्धान्त, वर्ग, आदर्शतिर समुदायको सम्बन्धलाई घनिष्ट र सुमधुर बनाउने लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो ।

उहाँले सहिद, बेपत्ता, घाइते, जेलनेल भोगेकाहरुसँगको सम्बन्ध कायम गर्दै उनीहरुको पीडा सुन्ने र पार्टीले के गर्नसक्छ के राहत दिनसक्छ भनेर सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । पार्टीले चलाएको नयाँ रुपान्तरको सङ्कल्प र त्यसका लागि चलाएको अभियानलाई कार्यकर्ताले गहिरो रुपमा बुझ्नु जरुरी रहेको बताउँदै उहाँले समाजवादी क्रान्तिको तयारीमा अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष दाहालले स्व कृष्णलाल  गोजा श्रेष्ठको निधनले निष्ठावान् अभिभावकको अवसान भएको महसुस भइरहेको बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेताहरुले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीले उहाँले क्रान्तिमा पु¥याएको योगदानको कदर गर्ने बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ