06/28/2025, 17:27:51

प्रतिनिधिसभा बैठक : प्रतिपक्षी दुई दलको विरोध


काठमाडौँ, ६ असारः प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बैठक सुरु हुनासाथ आ–आफ्नो स्थानमा उभिएर बिरोध जनाउनुभएको छ । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ बैठकको सुरुमै रास्वपाका सांसदहरुले उठेर बिरोध जनाउनुभएको हो ।

त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्कीलाई आफ्नो कुरा राख्न समय उपलब्ध गराउनुभएको थियो । सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा छानविन हुनुपर्ने माग गर्नुभयो । राप्रपा सांसद रोशन कार्कीले पनि भिजिट भिसाका सम्बन्धमा आएका विषयमा छानिबिनको माग गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सुरु भएपछि दुवै दलका सांसदहरु बैठक छाडेर बाहिरिनुभएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ