बुधबार, पुष १०, २०८१

गण्डकी प्रदेश सरकारले पलेशालाई मासिक भत्ता दिने


३० भदौ, पोखरा । ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने भएको छ । पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी गोवर्धनलाई गण्डकीले मासिक भत्ता दिने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रदेश सरकारले यसअघि पनि प्रदेशभित्रका ओलम्पिक खेलाडीलाई मासिक भत्ता स्वरूप ५ हजार दिँदै आएको छ । ९ जनाले यसको सुविधा पाएका छन् । सोही समूहमा पलेशालाई समावेश गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।

‘गतवर्षदेखि ओलम्पिकमा भाग लिएका गण्डकी प्रदेशका खेलाडीलाई मासिक प्रोत्साहन स्वरूप भत्ताको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘सहभागी भएकै कारण उहाँहरूलाई भत्ता दियौँ भने प्रदेश बाहिरकै भएपनि पदक ल्याएका कारण पलेशालाई सम्मान गर्न लागेका हौं ।

सम्मान कार्यक्रममा पलेशालाई गण्डकी प्रदेश सरकारले एक लाख ५० हजार, पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ र जिल्ला तेक्वान्दो सङ्घ कास्कीले ५० हजार १५५ रुपैयाँ र प्रदेश तेक्वान्दो संघले सम्मानपत्र प्रदान गरेका छन् ।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading