कर्णाली, ६ असार : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले प्रदेशसभामा कर्णाली प्रदेश आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक, २०८२ टेबुल गर्नुभएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको आज बसेको १६औँ बैठकमा सभामुख नन्दा गुरुङले दुवै विधेयक सभासमक्ष टेबुल गर्न समय दिएसँगै मन्त्री शाहले कर्णाली प्रदेश नियमावली, २०८१ को नियम १३७ को उपनियम (२) बमोजिम सरकारको आगामी आव २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेट कर्णाली प्रदेश आर्थिक तथा विनियोजन विधेयक, २०८२ सभासमक्ष टेबुल गर्नुभएको हो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले कर्णालीको आम समस्या गरिबी, भोकमरी, अशिक्षा र भ्रष्टाचार भएकाले यसका विरुद्ध लड्न सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा हुनेगरी बजेट तथा कार्यक्रम प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री यामलाल कँडेलले सरकारले प्रतिपक्षले पनि अपनत्व गर्नेगरी बजेट ल्याएको र भएका त्रुटि सुधार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभामुख गुरुङले सभाको अर्को बैठक यही ८ गते दिउँसो ३ः०० बजे बस्ने जानकारी दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








