बुधबार, पुष १०, २०८१

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै


२८ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दैछ। शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेतगरी बैठक बोलाइएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। बैठकमा समसामियक राजनीतिक परिस्थितबारे छलफल हुने उनले बताए।

भदौ १२ गतेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ नेकपा (एमाले)का सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेयता माओवादीले संसदमा विरोध जनाउँदै आएको छ। उक्त शब्दलाई रेकर्डबाट हटाउन माओवादी केन्द्रले गरेको मागमा ‘हिंसा’ शब्द असंसदीय नरहेको निष्कर्ष सुनाउँदै बुधबार सभामुख देवराज घिमिरेले रेकर्डबाट हटाउन नपर्ने रूलिङ गरेपछि माओवादी केन्द्रले संसदमा विरोध जनाएको थियो। माओवादी केन्द्रको विरोधका कारण उक्त दिनको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।

आजको संसदीय दलको बैठकमा त्यसबारेमा थप निर्णय हुने प्रमुख सचेतक पाण्डेले जानकारी दिए।

‘आजको बैठकले यसबारेमा थप सशक्त भएर जाने विषयमा छलफल हुन्छ,’ उनले भने। आजको बैठकमा उपसभामुखलाई सत्तापक्षले हटाउन खोजेको सम्बन्धमा पनि छलफल हुने प्रमुख सचेतक पाण्डेले जानकारी दिए।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading