06/15/2025, 08:47:22

माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छ : माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


काठमाडौँ, ३१ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी छ महिनाभित्र महाविशेन सकेर सिङ्गो पार्टी निर्वाचनको तयारीमा होमिने बताउनुभएको छ । माओवादी केन्द्र दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिको छैटौँ अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अब बस्ने केन्द्रीय समिति बैठकपश्चात् महाधिवेशनको तयारी गरिने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सम्पन्न भएपछि आगामी असारमा बस्ने केन्द्रीय समिति बैठकमार्फत महाविधेशनको तयारी गरिनेछ । अबको छ महिना पूरै महाधिवेशनमा केन्द्रित हुन्छौँ ।” महाधिवेशनले राजनीतिक कार्यदिशाको थप विकास र परिमार्जन गर्ने र केन्द्रीय समितिको सङ्ख्या घटाएर १९९ मा ल्याउने उहाँको जिकिर छ ।

नेता श्रेष्ठले महाधिवेशनपश्चात् आसन्न निर्वाचनको तयारीमा केन्द्रित हुने बताउनुभयो । “महाधिवशेनपछि आसन्न निर्वाचनका लागि नयाँ योजना बनाउँछौँ, उम्मेदवारको तयारी गर्छौं”, उहाँले भन्नुभयो, “मुलुकलाई अहिलेको सङ्क्रमणबाट मुक्त गरेर समृद्धिको लक्ष्यमा पु¥याएरै छाड्छौँ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ‘भिजिट भिसा’का नाममा नेपाली नागरिकमाथिको ठगीसम्बन्धी मुद्दालाई पार्टीले नछाडेको स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ