२८ जेठ, काठमाडौं : बैठक अवरुद्ध गरेपछि बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराए लगत्तै विपक्षी दलहरू आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै संसद् अवरुद्ध गरेका थिए।
भिजिट भिसा प्रकरणको छानबिन कसरी गर्ने भन्नेमा दलहरूबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैठक बारम्बार अवरुद्ध भइरहेको छ। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३:१५ का लागि सारिएको थियो। रास्वपा, माओवादी लगायतका दलहरूले ‘कारबाही गर, कारबाही गर’ भन्दै नाराबाजी गरेका थिए।
सभामुख घिमिरेले विपक्षी दलका सांसदलाई पटकपटक बस्न आग्रह गरे पनि र्ठेर नाराबाजी गरिरहेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको बताए ।
भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन्। सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरूले पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















