२५ भदौ, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ। देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता भएको हो।
गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितीमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच खेलाडीको हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो। सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै स्रोतबाट गर्नेछ।
हाल केन्द्रकै तर्फबाट नि:शुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ। सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ। घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी विभिन्न विधाका राष्ट्रिय टिमका ७५७ खेलाडी लाभान्वित हुनेछन्।
पारालिम्पिक ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको शुरूवात समेत गरिएको छ। कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेखी नै खेलाडीहरुको स्वास्थ्य प्राथमिकतामा राखेको भन्दै मुटुबाट शुरूवात भएको बताए। पारालिम्पिकमा ठूलो पदक दिलाएर योगदान दिएकी पलेशा गोवर्द्धनको उपलब्धीका अवसरमा यो खेलाडीहरुका लागि उपहार भएको मन्त्री पौडेलले बताए।
‘पलेशाको उपलब्धीले देशको शीर उचो बनाएको छ,’ उनले भने,’यो शुरूवात उहाँप्रतिको सम्मान पनि हो। ‘
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको भन्दै स्वास्थ्य मन्त्री पौडेलप्रति आभार प्रकट गरे।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












