05/25/2025, 15:25:23

आज सुनको भाउ तोलामा १४ सय बढ्यो


११ जेठ, काठमाडौं । आइतबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ