05/21/2025, 17:33:43

सुनको मूल्य तोलामा पाँच हजारले वृद्धि


काठमाडौँ, ७ जेठः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ र विगत तीन दिनदेखि स्थिर रहेको पहेँलो धातुको मोल आज तोलामा रु पाँच हजारले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ५० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९९० मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ