१६ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रुस भ्रमणमा जाने भएका छन् । त्यहाँ हुने कम्युनिष्ट नेताहरुको बैठकमा भाग लिन अध्यक्ष नेपाल आइतबार राति रुस जान लागेका हुन् । ‘त्यहाँ चीन, रुस लगायत देशका कम्युनिष्ट नेताहरु बैठक छ’, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘रुसबाट पार्टी अध्यक्ष २२ भदौमा फर्कनुहुन्छ ।’
अध्यक्ष नेपाल रुस भ्रमणमा रहदा पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाण्डेले सम्हाल्नेछन् । गत ९–११ भदौको केन्द्रीय कार्य समिति बैठकबाट पाण्डे वरिष्ठ उपाध्यक्ष चयन भएका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















