05/14/2025, 16:17:20

दुई तिहाईको सरकारले गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भयो : सांसद रेखा शर्मा


३१ जेठ, काठमाडौं : माओवादी सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताएकी छिन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद शर्माले दुई तिहाईको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिल्नु भएको बताएकी हुन् ।

सरकारमा आबद्ध दलहरुको दलगत स्वार्थ नमिलेर अथवा अरु विभिन्न कारणले गभर्नर नियुक्ति हुन सकेको छैन भन्ने जुन कुरा बाहिर आइरहेको छ त्यसले राष्ट्रकै बेइज्जती भइरहेको छ । त्यसकारण राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर नियुक्त गर्न सरकारलाई आग्रह गर्दछु,’ सांसद शर्माले भनिन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ