९ भदौ, काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उपचुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा उपचुनाव हुनसक्ने बताए ।
तीन प्रमुख, तीन उपप्रमुखका साथै २८ वडाध्यक्षको उपचुनाव हुने भन्दै उनले भने, ‘हाम्रो परीक्षा त्यो ठाउँमा हुन्छ । उपचुनावकै आधारमा त्यहाँको नेतृत्वको मूल्यांकन हुन्छ ।’
सबै ठाउँमा पार्टीको अवस्था समान नभएको भन्दै उनले जहाँ जित्न सकिन्छ, कहाँ सम्मानजनक मत पाउन सकिन्छ, विश्लेषण गरेर उपचुनावको तयारीमा जुट्न नेताहरुलाई निर्देशन दिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















