09/06/2025, 09:56:52
शनिबार, भदौ २१, २०८२

जनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध


चितवन, ३१ चैतः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले शिक्षक, डाक्टर, नर्स, लघुबित्त पीडित, सहकारी पीडित र राजनीतिक दलहरु आन्दोलनमा रहेका बताउँदै जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले नयाँ वर्ष २०८२ मा राजनीतिक दलहरुलाई नयाँ सङ्कल्पका साथ अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले जनता र राष्ट्रको आवश्यकता अनुसार अघि बढ्नका लागि नयाँ सङ्कल्प जरुरी रहेको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..