03/31/2025, 06:07:58

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्वकप २०२६ मा छनोट


१३ चैत, काठमाडौं : डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना बुधबार विश्वकप २०२६ मा छनोट हुने दोस्रो टिम भएको छ । अर्जेन्टिनाले ब्युनर्स आयर्समा भएको खेलमा ब्राजिललाई ४–१ ले हराएपछि विश्वकपमा छनोटको खुसीयाली मनाएको हो ।

यो खेल अगाडि नै अर्जेन्टिनाको छनोट औपचारिकता पूरा भइसकेको थियो । अर्जेन्टिना लियोनेल मेस्सी विना मैदानमा उत्रेको थियो । मेस्सी चोटग्रस्त छन् । यसअघि बुधबारको अर्को खेलमा उरुग्वे बोलिभियाको हातबाट गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिना दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने पहिलो टिम बनेको थियो ।

यो जितमा अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक एलिस्टर र जियोभानी सिमोनीले गोल गरे । ब्राजिलबाट सम्भव भएको एक मात्र सान्त्वना गोल म्याथेस कुन्हाको नाममा रह्यो ।

बुधबारका अन्य खेलमा भेनेजेएलाले पेरुलाई १–० ले हरायो भने चिली र इक्वेडेरले गोलरहित बराबरी खेले । यस्तै कोलम्बिया र पाराग्वेले २–२ को बराबरी खेले । यो संगै १० टिम सम्मिलित दक्षिण अमेरिकन विश्वकप छनोटको १४औ राउण्डको समाप्तिमा अर्जेन्टिना ३१ अंक सहित तालिकाको शिर्ष स्थानमा रहेको छ भने चिल्ली १० अंक सहित तालिकाको पुछारमा रहेको छ | हालसम्मको तालिका :

 

विश्वकप २०२६ दक्षिण अमेरिका छनोट टेबल

स्थान (Rank)टिम (Team)खेल (P)जित (W)बराबरी (D)हार (L)गोल गरिएको (GF)गोल खाएको (GA)गोल डिफरेन्स (GD)अंक (Pts)
1अर्जेन्टिना1410132681831
2इक्वेडर14752135823
3उरुग्वे145631710721
4ब्राजिल146352016421
5पराग्वे14563119221
6कोलम्बिया145541814420
7भेनेजुएला143651317-415
8बोलिभिया144281430-1614
9पेरु14248617-1110
10चिली14248921-1210

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ