04/02/2025, 00:11:46

स्मार्टफोन ब्रान्ड रियलमीको नयाँ रियलमी सी ७५ नेपालमा सार्वजनिक


काठमाडौँ, १२ चैत : स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी सी ७५ नेपालमा सार्वजनिक गरेको छ । आधुनिक विशेषतासहितको रियलमी सी ७५ सोमबार सार्वजनिक गरियो । रियलमी सी ७५ आईपी ६९ प्रमाणीकरण प्राप्त उक्त स्मार्टफोन धूलो र पानी प्रतिरोधी रहेको कम्पनीको दाबी छ ।

यसमा ६००० एमएएच ब्याट्री, ४५ वाट फास्ट चार्जिङ, ५० घण्टाभन्दा बढी कल टाइम, १८ घण्टा भिडियो प्ले ब्याक, ६० दिनको स्ट्यान्डबाई टाइम प्रदान गर्ने र ६.७२ इन्चको फुल एचडी डिस्प्लेजस्ता विशेषता छन् । नेपाली बजारमा ८ जीबी र्‍याम रहेको यो दुई भेरियन्टमा उपलब्ध छ । १२८ जीबी भेरियन्टको मूल्य २६ हजार ९९९ र १५६ जीबीको मूल्य २९ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ