04/02/2025, 00:11:47

स्प्यारो एसएमएस १५औं वर्षमा प्रवेश, ग्राहककेन्द्रित सेवा प्राथमिकतामा


७ चैत, काठमाडौँ : एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्प्यारो एसएमएस १५औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा सुरु भएको कम्पनीले नवीन प्रविधिको प्रयोगमार्फत २५० मिलियनभन्दा बढी एसएमएस पठाउने गरेको दाबी गरेको छ ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले ग्राहक केन्द्रित सेवा प्राथमिकतामा रहँदै आएको बताए । यसैगरी नवीन प्रविधिको प्रयोग गरी भविष्यमा उत्कृष्ट सेवा विस्तार गर्ने उनले जनाए । कम्पनीले यो यात्रामा सात हजारभन्दा बढी व्यवसायलाई आफ्ना ग्राहकसँग जोड्न बल्क एसएमएस सेवा र एसएमएस एपीआई सेवा प्रदान गरेको बताएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ