बुधबार, चैत ०५, २०८१

संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो : माओवादी अध्यक्ष प्रचण्ड


निजगढ, ६ चैतः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथि छेडखानी गर्न नहुने बताउनुभएको छ ।

बाराको सिमरामा आज साँझ आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।

प्रचण्डले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पार्नुभयो । हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताउनुभयो । चितवन हुँदै सिमरा आइपुग्नु भएका प्रचण्ड यसअघि स्थगित भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन आउनुभएको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ