आइतबार, फागुन २५, २०८१

नेप्से सीईओ पदका लागि १० जनाको आवेदन


काठमाठौँ, २५ फागुनः  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आइतबारसम्म १० जनाको आवेदन प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सीईओ पदका लागि आवेदन दिनेहरुमा पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, नारदकुमार लुईटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणी चापागाईं, बिमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बस्याल र मुकुन्दराज जोशी छन् ।

नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले गत साता छनोट समिति गठन गरेको थियो । उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव पोखरेलको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा खोमराज खरेल सदस्य छन् । तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ