04/21/2025, 05:56:09

आगामी निर्वाचनमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्ने गरी तयारीमा लाग्न सभापति देउवाको निर्देशन


१९ फागुन, काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्ने गरी तयारीमा लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्न सक्ने बताए ।

सभापति देउवाले पहिलाको भन्दा ठूलो पार्टी बन्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । नेताहरुबीचका मतभेद छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताउँदै उनले भने, ‘हाम्रो बीचमा अनेक किसिमका मतभेद हुन सक्छन् । आपसमा छलफल गरेर टुंग्याउनुपर्छ । मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनुपर्छ ।

सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको पनि बताए ।