सोमबार, फागुन १९, २०८१

सुदूरपश्चिमका सभामुख भण्डारीका पीएसओ बोहराको दुर्घटनामा मृत्यु


धनगढी, १९ फागुनः  सडक दुर्घटनामा परी सोमबार सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीका निजी सुरक्षा अधिकृत पीएसओ प्रहरी नायब निरीक्षक योगेन्द्रकुमार बोहराको मृत्यु भएको छ ।

सुप्रप ०१–००–प ३४२९ नम्बरको स्कुटर चलाइरहेका बोहरा धनगढी–अत्तरिया ६ लेन सडक खण्ड अन्तर्गत गोदावरी नगरपालिका २ दुर्घटनामा परेका हुन् । उनले चलाएको स्कुटर अनियन्त्रित भएर विद्युत्को पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

बझाङको मष्टा गाउँपालिका-७ घर भएका ३४ वर्षीय बोहरालाई दुर्घटनापछि सेती प्रादेशिक अस्पतालमा पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ