१६ फागुन, काठमाडौं : साओमीले म्युजिकल इभेन्ट ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ ।
चैत २५ मा भक्तपुरको सल्लाघारी मैदानमा आयोजना हुने उक्त कन्सर्टमा साओमीको सहभागिताले संगीतप्रेमीलाई उत्साहित बनाएको जनाइएको छ । स्मार्टफोन उत्पादन गर्ने कम्पनी साओमीले नवीन उत्पादन, सिर्जनशीलता र समुदायसँग नजिक हुने चाहनालाई प्राथमिकता दिँदै उक्त संगीत उत्सवलाई समर्थन गरेको जानकारी दिएको छ ।