काठमाडौँ, ६ फागुनः नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’ मार्फत रु डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ परेका छन् ।
नेपाल प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ बाट सोमबार पक्राउ गरी उनीहरूलाई आज सार्वजनिक गरेको हो ।
पक्राउ परेकाको साथबाट बरामद ल्यापटप तथा मोबाइलको प्रारिम्भक अनुसन्धान गर्दा रु एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार चार सय ३० बराबरको अनलाइन जुवा कारोबार गरेको भेटिएको कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उनीहरूले ‘बेटिङ साइट’ को प्रयोग र भारतीय एजेन्टसँग ह्वाट्सएप तथा टेलीग्राममार्फत सम्पर्क गरी घर भाडामा लिई व्यावसायिक तबरमा अनलाइन जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
निजहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमती गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










