रुकुम पश्चिम । बाँफिकोट गाउँपालिकामा स्थानिय युवाको आक्रमणमा परी दुई जना प्रहरी जवान घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानहरु महेन्द्र बहादुर शाही र हिमराज खड्का घाईते भएका हुन् ।
आईतबार (हिजो) साँझ बाँफिकोट–३ स्यार्पू ताल नजिकै स्थानियका बिचमा बिवाद भएको भनि खबर आएपछी उक्त स्थानमा प्रहरी पुगेपछी स्थानिय केही युवाहरुले प्रहरीमाथी अक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी धर्मेन्द्र खड्काले बताए ।
स्थानिय युवाहरुका बिचमा झगडा भएको सूचना पश्चात प्रहरी घटनास्थल प्रहरी पुगेको र घटनास्थलमा पुगेर सम्झाई-बुझाई गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको खड्काको भनाई छ ।
घाईतेहरुलाई उपचारका लागि शनिबार राती नै जिल्ला अस्पताल सल्ले ल्याईएको र थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले बताएको छ । साथै घटनामा संलग्नहरुको खोजी र घटनाबारे थप अनुसन्धान पनि भैरहेको बताईएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













