काठमाडौँ, १ फागुनः संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणमा सबैको सहकार्य, समन्वय आवश्यक पर्ने भन्दै यो विषयलाई सबैले गम्भीरताका साथ लिनुपर्ने बताउनुभएको छ ।
नेपाल पर्यटन बोर्डले सुरु गरेको ‘फोटो नेपाल प्रदर्शनी’ अन्तर्गत नवीन बरालको ‘कर्णाली नदीः तीन देशका तस्बिरहरू’ मा तस्बिर लिएर उद्घाटन गर्दै उहाँले नदीको प्राकृतिक सौन्दर्य नबिग्रिने गरी पूर्वाधार तथा भौतिक संरचना बनाउनुपर्नेमा जोड दिनुभयो ।
“कर्णाली नदीसहित मुलुकमा रहेका अन्य महत्वपूर्या नदीहरूको संरक्षण गर्ने, अवैध दोहन नगर्ने विषयमा गरिएका छलफललाई गम्भीरताका साथ लिनुपर्छ”, पर्यटनमन्त्री पाण्डेले भन्नुभयो, “नदीको किनारमा क्रसर उद्योग खोल्ने, हाइड्रोपावर निर्माण गर्नेलगायत कार्यले नदीको प्राकृतिक स्वरुपमा आँच आइरहेको छ । मानवका रक्त नली जस्तै नदीहरूको सम्बन्ध पनि भूगर्वसम्म रहने गर्छ ।”
मन्त्री पाण्डेले विकास निर्माणका क्रममा नदीको प्राकृतिक सौन्दर्य नबिग्रने गरी दिगो रूपमा पूर्वाधार तथा भौतिक संरचना बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेले विकसित राष्ट्रहरूबाट असन्तुलित रूपमा भएको प्राकृतिक दोहनका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको बताउँदै अन्नपूर्ण आधार शिविरसहित अन्य हिमालहरूमा हिउँ नभएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । मन्त्री पाण्डेले हिमालको हिउँ पग्लेर हिमाल, पहाड र समुन्द्री तट हुँदै समग्र विश्वमा असर परिरहेको बताउनुभयो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले फोटोग्राफीका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘फोटो नेपाल’ प्रभावकारी मञ्चका रूपमा रहेको बताउनुभयो । दुई दिने प्रदर्शनीमा नवीन बरालद्वारा प्रस्तुत ‘कर्णाली नदीः तीन देश (चीन, नेपाल र भारत) का तस्बिरहरू’ बाट प्रदर्शन गरिएका छन् ।
प्रदर्शनमा राखिएका तस्बिर ४५ दिनमा एक हजार ८० किलोमिटर लामो साहसिक यात्रामार्फत कर्णाली नदीको अद्भूत सौन्दर्यलाई कैद गरिएको बोर्डले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









