काठमाडौँ, २३ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको सबैभन्दा सुन्दरपक्ष विविधतामा एकता रहेको बताउनुभएको छ ।
आज स्वयम्भूस्थित महामहिम श्री गुरुङ योङ्जीन रिन्पोछेको १००औँ जन्मोत्सव तथा ट्रितेन नोर्बुचे युङ्डुङ बोन उच्च शिक्षालयको भवन शुभारम्भ कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले बौद्ध धर्मावलम्बीको महत्वबारे धारणा राख्नुभयो । उहाँले विभिन्न जातजाति, भाषाभाषी, धर्म समुदाय मिलेर नेपालले पूर्णता पाएको बताउँदै हिमाली भेगका समस्या राज्यले अझै पहिचान गर्न जरुरी रहेको बताउनभुयो ।
मन्त्री गुरुङले हिमाली भेगको समस्या आफू र सरकारसमक्ष राख्न आग्रह गर्नुभयो । नेपालमा लामो सङ्घर्ष पछि प्राप्त सङ्घीय राज्यव्यवस्थाले धर्मनिरपेक्षताको सम्मान गरेको बताउँदै हरेक सम्प्रदायले यसको भरपुर लाभ उठाउन आग्रह गर्नुभयो ।

“सङ्घीयता प्राप्त नभएको भए हामी खुलेर आफ्नो धर्म र समुदायको प्रचार गर्न सक्दैन थियौँ”, मन्त्री गुरुङले भन्नुभयो, “सबैले ल्याएको सङ्घीयताका राम्रा पक्षलाई सदुपयोग गर्नुपर्छ ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












