आइतबार, माघ २०, २०८१

अमेरिकामा एयर एम्बुलेन्स विमान दुर्घटना, ७ मेक्सिकनको मृत्यु


काठमाडौँ, २० माघः  अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियास्थित रुजवेल्ट महल नजिकै मेडिकल सामाग्री ढुवानी गर्ने एयर एम्बुलेन्स विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार शुक्रबार राति तथा नेपाली समय शनिबार दिउँसो भएको दुर्घटनामा एम्बुलेन्समा सवार सबै ६ र पैदल यात्री एक गरी ७ को मृत्यु भएको अमेरिकी समाचार एजेन्सी एपीले जनाएको छ ।

मृतक सबै मेक्सिकोका नागरिक हुन् । उनीहरु सबै आफ्नो देशको नागरिक भएको मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबामले समाजिक संजाल एक्समार्फत जानकारी दिएकी छन् ।

आफ्नो नागरिकको मृत्युप्रति उनले श्रद्धाञ्जलीसमेत व्यक्त गरेकी छन् । फिलाडेल्फिया शहरबाट मिसौरी राज्यका लागि उडान भरेको विमान केही समयमै अचानक आगलागी भएपछि दुर्घटना भएको हो । स्थानीय प्रत्यक्षदर्शीले तीब्र गतिमा झर्दै जमिनमा बजारिएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ६ जना सवार विमान मानिसको आवतजावत भइरहने स्थानमा दुर्घटना हुँदा एक पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मुख्य सडक वरपर रहेका १९ जना घाइते भएको एपीले उल्लेख गरेको छ । विमानमा चार जना चालक दल र दुई जना यात्रु आमा छोरी सवार थिए । फिलाडेल्फियाबाट मिसौरीका लागि उडान भरेको विमानमा केहि समयमै अचालक आगलागी भएपछि दुर्घटना भएको हो ।

अधिकारीहरुले पुष्टि नगरेसम्म दुर्घटनाको अवस्था र वास्तविक कारण खुलाउन नसकिने फिलाडेल्फियाका प्रबन्ध निर्देशक एडम थिएलले बताएका छन् । विमान दुर्घटनाको कारण तत्काल खोज्न अधिकारीलाई अनुरोधसमेत गरेका छन् ।

घाइतेको उपचार गरिरहेको टेम्पल युनिभर्सिटीका अस्पताल जिन्सका प्रवक्ताले जीन्स र जेफरसन हेल्थले दुर्घटनामा परेका अधिकांश घाइतेलाई शनिबार मध्यान्हसम्ममा उपचारपछि डिस्चार्ज गरिएको र तीन जना गम्भीर देखिएकोले अस्पतालमा भर्ना गरिएको बताएको एपीले उल्लेख गरेको छ ।

दुई दिन अघि मात्र राजधानी वासिङ्टन डीसीमा अमेरिकन एयरलायन्सको विमान सेनाको हेलिकप्टरसँग आकाशमै ठोक्किएर दुर्घटना हुँदा ६७ जनाको मृत्यु भएको थियो । विमानको ब्ल्याकबक्स फेला परेसँगै प्रारम्भीक अनुसन्धानबाट एटीसीको कमजोरीका कारण घटना भएको खुल्न आएको थियो । यो अमेरिकामा २० वर्षपछिको ठूलो विमान दुर्घटना थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading