आइतबार, माघ २०, २०८१

बुढासुब्बा गोल्डकप फुटबल : पुलिसलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा


धरान (सुनसरी), १९ माघः नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल  प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रङ्गशालामा आजदेखि सुरु प्रतियोगितामा चर्च ब्वाइजले पुलिसलाई १–० गोलअन्तरले पराजित ग¥यो । खेलको ४२औँ मिनेटमा एन्ड्रो एभिओ एमाहाले दिएको पासलाई सदुपयोग गर्दै सन्तोष खत्रीले गोल गरेका थिए ।

आइतबारको खेलमा आयोजक धरान फुटबल क्लब र युकेएफसी भारतबीच प्रतिस्पर्धा हुनेछ । खेलको प्लेयर अफ द म्याच खत्री रु १५ हजार र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

यही माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडीले रु एक लाख र प्लेयर अप द म्याच हुनेले रु १५ हजार, सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ प्राप्त गर्ने छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading