सुदूरपश्चिम, १८माघः क्रिकेटको सहर धनगढीमा भोली शनिबारदेखि सुरु हुने ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’को तयारी पूरा भएको छ ।
आयोजक गो ड्रिमर्सले आज धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा आयोजक गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले प्रतियोगिताको तयारी पूरा भएर उद्घाटनका लागि तयारी अवस्थामा बसेको जानकारी दिनुभयो ।
नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेट खेलको विकासमा योगदान दिनुभएका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना हुने प्रतियोगिताका लागि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण गरिएका छन् । मैदानमा दर्शक बस्नका लागि कृतिम प्याराफिट पनि जडान गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा डिसिए धनगढी र फ्रेन्डस् क्लब डडेल्धुरा भिड्ने भएका छन् । डिसिए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललित राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठ लगायतका खेलाडीहरु समावेश छन् । फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडी छन् ।
समूह ए मा रहेका दुबै टोली जितबाट प्रतियोगिताको सुरुवात गर्ने पक्षमा रहेका छन् । प्रतियोगितामा देशभरका आठ टिमको सहभागिता रहेको छ । दुई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समूह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ कैलाली र बोष्टन क्रिकेट झापा रहेका छन् । यस्तै समूह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी समावेश छन् ।
अर्जुन ट्रफीमा झण्डै रु २० लाख पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रु ५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १० हजार प्रदान गरिनेछ ।

अर्जुन ट्रफीमा नेपाली क्रिकेट टोलीका खेलाडीहरु विभिन्न क्लबबाट खेल्दैछन् । डिसिए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललित राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठ लगायतका विभिन्न उमेर समुहका खेलाडीहरु खेल्दैछन् । फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्दैछन् । सिवाईसी अत्तरियाबाट भीम सार्की विवेक यादव, साहव आलम, रसिद खान, दिपेश कँडेल, सन्तोष कार्की लगायतका खेलाडी समावेश छन् ।
न्यु होराईजन बुटबलबाट कुशल मल्ल, दिलिप नाथ, तुलवहादुर थापा, दिपक डुम्रे, प्रतिक श्रेष्ठ लगायतका खेलाडी समावेश छन् । क्रिकेट एक्सीलेन्स सेन्टरबाट नन्दन यादव, दिपेन्द्र रावत, सुर्य तामाङ, युनिस विक्रम सिंह, अर्जुन घर्ती र सोनु अन्सारी समावेश छन् ।
दशरथ चन्द एकेडेमी बैतडीबाट भुवन कार्की, अमर सिंह रौटेला, खड्क बोहोरा, दिपक बोहोरा, बसन्त खत्री लगायतका खेलाडी समावेश हुँदा घोडाघोडी— ११ बाट शेर मल्ल, नरेन साउँद, आयुव चन्द, विपिन विक्रम शाही लगायतका खेलाडी छन् ।
बोष्टन क्रिकेट झापाबाट पवन कार्की, रमेश भट्ट लगायतका खेलाडीको सहभागिता छ । प्रतियोगितामा पहिलो क्याच गर्ने दर्शकले रु एक लाख पुरस्कार पाउने भएका छन् । धनगढीको ब्रेड बक्सले प्रतियोगितामा मैदान बाहिर बसेका दर्शकले छक्का भएको बल क्याच गरेमा रु एक लाख पुरस्कार दिने भएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








