
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धाराबाट खसेको मेलम्चीको पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका छन्। मेलम्चीको पानी उपत्यकामा पहिलो पटक २०७७ चैतमा वितरण गरिएको थियो।
अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिक रूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।सिन्धुपाल्चोकको अम्बाथानबाट बुधवारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिक रूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए।
बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्चीको पानी स्थायी तवरले काठमाडौं उपत्यकामा ल्याउनेभन्दा पनि अस्थायी रूपमा ल्याएर वितरण शुभारम्भ गर्न रमाउने प्रवृत्ति झाँगिँदै गएको छ। मेलम्ची नदीमा बाढी आएको तीन वर्ष भइसक्यो। मेलम्ची खानेपानी आयोजनाको बाँधलाई स्थायी बनाएर बाह्रैमास पानी ल्याउने प्रबन्ध गर्नुको साटो प्रधानमन्त्री तथा मन्त्रीहरू अस्थायी रूपमा ल्याएर सस्तो लोकप्रियता कमाउन उद्यत देखिन्छन्।
खानेपानी अभावमा काकाकुल उपत्यकावासीलाई दीर्घकालीन रूपमा मेलम्चीको पानी आपूर्ति गर्ने प्रबन्ध गर्नुभन्दा पनि अस्थायी रूपमा एकाध महिनाका निम्ति वितरण शुभारम्भ गर्न राजनीतिक नेतृत्वको अस्वाभाविक होडबाजी देखिँदै आएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












