बुधबार, माघ ०९, २०८१

प्रधानमन्त्री कप क्रिकेटः हुस्सुका कारण आजको खेल रद्द


धनगढी (फाप्ला), ९ माघः बाक्लो हुस्सुका कारण यहाँ जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएको कोशी र मधेस प्रदेशबीचको खेल रद्द भएको छ ।

आज बिहान ११ बजेका लािग तय गरिएको उक्त खेल दिउँसो १ः१५ बजेसम्म पनि हुस्सुका कारण हुन नसकेपछि रद्द गरिएको रेफ्री मोहम्मद सफिकले जानकारी दिनुभयो । खेल रद्द भएपछि दुबै टोलीले १/१ अङ्क बाँडेका छन् । समूह बी मा रहेका कोशी र मधेस यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका टोली हुन् ।

यो समूहबाट त्रिभुवन आर्मी क्लब विजेता र बागमती प्रदेश उपविजेता रूपमा सुपर फोरमा पुगेका छन् । समूह ‘ए’ बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेताका रूपमा सुपर फोरमा सुरक्षित छन् । सुपर फोरका खेल बिहीबारदेखि हुनेछ ।

पहिलो सुपर फोरको खेलमा बिहान ९ बजे एपिएफ र बागमती तथा दिउँसो १ बजे सुदूरपश्चिम र आर्मी भिड्नेछन् । यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ । प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading