11/17/2025, 18:33:38
सोमबार, मङि्सर ०१, २०८२

राष्ट्रपति पौडेलसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत


काठमाडौँ, ८ माघः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ ।

आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।