आइतबार, माघ ०६, २०८१

प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता : कोशीले बागमतीलाई हरायो


बैतडी, ६ माघः यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि समूह ‘बी’का खेल सुरु भएका छन् । समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित गर्दै सुखद् सुरुआत गरेको छ ।

खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा ६४ रनको लक्ष्य पछ्याउने क्रममा बागमती १२ दशमलव एक ओभरमा ५३ रनमा समेटियो । बागमतीका लागि सविका यादवले २० र विपिशा शाहीले अविजित १२ रन बनाइन् । कोशीका लागि कप्तान रूबिना क्षेत्री, ज्योती दनुवार र सङ्गीता राईले दुई/दुई विकेट लिए ।

फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कोशीले निर्धारित १३ ओभरमा सात विकेटको क्षतिमा ६३ रन बनायो । उसका विमला मलाहाले अविजित १९ र कप्तान रूविना क्षेत्रीले १५ रनको योगदान दिइन् । बागमतीका लागि मनिशा उपाध्यायले ह्याट्रिकसहित चार विकेट हात पारिन् । मनिशा जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् । कोशीकी कप्तान क्षेत्री प्लेयर अफ द म्याच भइन् ।

समूह ‘ए’बाट एपिएफ र सुदूरपश्चिमले शीर्ष चारमा स्थान बनाइसकेका छन् । यही माघ १ गतेदेखि सुरू प्रतियोगितामा नौ टोलीको सहभागीता छ । प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई रु ५० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई रु २५/२५ हजार पुरस्कार दिइनेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading