04/24/2025, 07:10:15

राष्ट्रपतिसँग प्रधानमन्त्रीको शिष्टाचार भेट


काठमाडौँ, २६ पुस : राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको भेटमा उहाँहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारी सहभागी हुनुुहुुन्थ्यो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..