आइतबार, पुष २१, २०८१

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन


काठमाडौँ, १८ पुस : जिल्ला प्रहरी परिसर काठमाडौँले कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी प्रकरणमा अनुसन्धान सकेर आज आफ्नो प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । लामो अनुसन्धानपछि प्रहरीले आज प्रतिवेदन बुझाएको हो ।

प्रहरीका अनुसार उक्त प्रतिवेदनमा प्रतिवादीहरुमाथि रु एक अर्ब १९ करोड बिगो कायम गर्नुपर्ने माग गरिएको छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ४४ जनामाथि नै पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । सङ्गठित रुपमा नै रकम ठगी भएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोजन प्रक्रिया अघि बढाउने जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading