शनिबार, पुष २०, २०८१

न्यु अर्लिन्समा सवारी साधनले भीडलाई ठक्कर दिँदा १० जनाको मृत्यु, ३० घाइते


काठमाडौँ, १७ पुस : अमेरिकी शहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा एउटा सवारी साधनले भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको र ३० जना घाइते भएको शहर प्रशासनले बुधबार जानकारी दिएको छ ।

८औँ डिस्ट्रिक्टले हाल क्यानल र बर्बन स्ट्रिटमा एउटा ठूलो भीडमाथि सवारी साधनले ठक्कर दिएको एक सामूहिक हताहत घटनामा काम गरिरहेको छ । ३० जना बिरामी घाइते छन् … र १० जनाको मृत्यु भएको छ”, न्यु अर्लिन्स आपत्कालीन तयारी कार्यक्रम, एनओएलए रेडीले एक विज्ञप्तिमा भनेको छ ।

आपत्कालीन अधिकारीहरूले घटनाको समय उल्लेख गरेनन् तर फ्रेन्च क्वार्टर भनिने त्यो क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो हुने गर्दछ ।

अमेरिकी सञ्चार माध्यम सिबिएस न्युजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा ट्रकले ‘उच्च गतिमा’ भीडलाई ठक्कर दिएपछि त्यसको चालक बाहिर हाम फालेर हतियार चलाउन थालेको र प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading