काठमाडौँ, ११ पुसः सांसदहरुले विद्युत् क्षेत्रलाई गतिशील र चलायमान बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिले आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको छलफलको क्रममा उहाँहरुले विद्युत् क्षेत्र आर्थिक समृद्धिको आधार रहेकाले यस क्षेत्रलाई बढी चलायमान बनाउन आवश्यक रहेको बताउनुभएको हो ।
संशोधनकर्ता गोकुल बाँस्कोटाले विद्युत् क्षेत्रमा स्वदेशी लगानीलाई प्रवर्द्धन गर्दै अझै बढी गतिशील र चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो । “विद्युत् क्षेत्र आर्थिक समृद्धिको आधार हो, यस क्षेत्रको विकासमा निजी क्षेत्रको संलग्नता बढाउने गरी विधेयक संशोधन गर्न आवश्यक छ,” उहाँले भन्नुभयो । अर्का संशोधनकर्ता दामोदर पौडेल बैरागीले विद्युत् विकासमा स्थानीय तहको क्षमता बलियो बनाउने नीति आवश्यक रहेको बताउनुभयो ।

अर्का संशोधनकर्ता रोशन कार्कीले विद्युत् क्षेत्रको विकासमा निजी लगानी आकर्षण गर्ने नीति लिन आवश्यक रहेको बताउनुभयो । संशोधनकर्ता दीपा शर्माले नेपाल जलस्रोतको धनी मूलुक भए पनि आवश्यकता अनुसार विद्युत् उत्पादन हुन नसकेकाले विद्युत् उत्पादन प्रवर्द्धनलाई प्राथमिकता दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














