बिहिबार, पुष ११, २०८१

फिल्म ‘पुष्पा २’ बन्यो नेपालमा अहिलेसम्म धेरै कमाउने विदेशी फिल्म


काठमाडौँ, १० पुस : अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’  नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्म बनेको छ । सुकुमार निर्देशित यस फिल्मले प्रदर्शनको २० दिनमा नेपाली बक्स अफिसमा २४ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

प्रदर्शन भैरहेकाले ‘पुष्पा २’ को कमाइमा अझै वृद्धि हुने देखिन्छ । यसअघि नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको कीर्तिमान ‘केजीएफ २’ को नाममा थियो जसले १९ करोड २९ लाख १३ हजार ७५८ रुपैयाँ ग्रस कमाएको थियो । यो फिल्मका ६ लाख ७७ हजारभन्दा धेरै टिकट विक्री भएका थिए । (चलचित्र विकास बोर्डले २०७९ चैत २८ गते सार्वजनिक गरेको डेटाअनुसार) ।

नेपालमा तेस्रो धेरै कमाउने फिल्मको रुपमा रणवीर कपुर स्टारर ‘एनिमल’ छ जसको ग्रस कलेक्सन १७ करोड ५० लाख ग्रस हाराहारीमा छ । ‘बाहुबली २ : द कन्क्लुजन’ को कमाइ १५ करोड हाराहारीमा छ । ‘बाहुबली २’ को रिलिजको समयमा नेपालमा बक्स अफिस प्रणाली सीमित हलमा मात्र जडान भएको कारण यसको कमाइमा अन्योल छ, यद्यपि, यसले १५ करोड हाराहारीमा कमाइ गरेको बताइन्छ । बक्स अफिस प्रणाली लागू भएयता पुष्पा २, केजीएफ २ र एनिमल धेरै कमाउने विदेशी फिल्मको रुपमा स्थापित भएका हुन् ।

‘पुष्पा २’का वितरकले उठाए लगानी

दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ अहिलेसम्मकै महंगो मूल्यमा नेपाली वितरकले ल्याएका हुन् । ए-एट्, डीसीएन र आरआरले झण्डै ७ करोड नेरुमा फिल्म ल्याएका हुन् । लगानी उठाउन फिल्मले २२ करोड ग्रस कमाउनुपर्ने जरुरी थियो । पछिल्लो सप्ताहन्तमा लगानी उठेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading