पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी–१ दुम्कीवासमा शुक्रबार साँझ भाँचिएको पुल । पुल भाँचिएपछि अहिले वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ
Click on Photo to Enlarge
भारतको अयोध्यास्थित श्रीराम मन्दिरको प्राणप्रतिष्ठाको वर्षगाँठका अवसरमा यहाँ आज शनिबार आयोजना गरिने दीपोत्सवका लागि सरसफाइ गरिएको जानकी मन्दिर
Click on Photo to Enlarge
ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइ ओभर । चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डको ग्वार्को चोकमा १७ करोड ३७ लाख रुपैयाँ लगानीमा फ्लाइओभर निर्माण कार्यलाई तीव्रता दिइएको हो
Click on Photo to Enlarge
काठमाडौँको चोभारमा अवस्थित सुक्खा बन्दरगाह । पछिल्लो समय चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुला गरेको भन्सार विभागले जनाएको छ
Click on Photo to Enlarge
काठमाडौँको बलम्बु र धादिङको सिस्नेखोला जोड्ने दुई दशमलव छ सय ८८ किलोमिटर लामो नागढुङ्गा सुरूङमार्ग। सुरुङ सञ्चालनमा आएपछि राजधानीमा ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ
Click on Photo to Enlarge
सोलुखुम्बुको लुक्ला नजिकै चट्टान फोडेर बनाइएको पर्यटकीय पदमार्ग। यही पदमार्ग हुँदै पर्यटकहरु सगरमाथा क्षेत्र पुग्ने गर्छन्
Click on Photo to Enlarge
ताप्लेजुङको सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा लिम्बू जातिको मौलिक संस्कृति झल्कने धाननाच स्तम्भ (ताक्वाचङ या–राक्मा तेन) । करिब ८० लाख रुपैयाँको लागतमा निर्मित यो स्तम्भ किराँत याक्युङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा निर्माण भएको हो
Click on Photo to Enlarge
विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र परिसरमा रहेको नवयोगिनी मन्दिर भन्ने ‘महादेव पर्वती’ डबलीमा पारिलो घाम ताप्दै सर्वसाधारण
Click on Photo to Enlarge
झापाको बुद्ध शान्ति वडा नं ६ र ७ मा नवनिर्मित ४७७ मिटर लम्बाई भएको कोशी प्रदेशकै लामो ‘कोलुबुङ्गे गौडा रमिते गौडा झोलुङ्गेपुल’ । नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको पुलमा फोटो र भिडियो खिच्न दैनिक ५०० सयभन्दा बढी पर्यटक आउने गर्छन्
Click on Photo to Enlarge
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं २ जुडिबेला र वडा नंं ३ गैंडाटारका किसानले गरेको केराखेतीमा जङ्गली हात्तीले पुर्याएको क्षति । करिब पाँच विगाहभन्दा बढी जमिनमा लगाएको केराखेतीमा हात्तीले नोक्सान गरेको छ