मनाङ ङिस्याङ गाउँपालिका-६ मा अवस्थित गङ्गापुर्ण हिमालको हिमनदीबाट निर्माण भएको गङ्गापुर्ण ताल चिसोका कारण जम्न थालेको छ । समुन्द्री सतह देखि तीन हजार पाँचसय ४० मिटरमा अवस्थित यस ताल पर्यटकका लागि आकर्षण केन्द्र हो
Click on Photo to Enlarge
तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट बुधबार बिहान देखिएको दृश्य । कुहिरो र सूर्योदय हेर्न यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दो छ
Click on Photo to Enlarge
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको ऑबुखैरेनी गाउँपालिका–२ मार्कीचोक सत्रसय खण्डमा अन्तिम कालोपत्रे गरिँदै । एक हप्ताको अवधिमा २.४ किलोमिटर खण्डमा अन्तिम कालोपत्रे सकिएको छ
Click on Photo to Enlarge
खानेपानीमन्त्री प्रदीप यादव मङ्गलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३औं स्थापना दिवसको उद्घाटन गर्दै
Click on Photo to Enlarge
डोल्पा जिल्लामा अवस्थित शे-फोक्सुण्डो तालबाट निस्केको झरना। शे-फोक्सुण्डो तालसँगै यो झरना अवलोकन तथा मनोरञ्जन लिनको लागि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ रामथाङ क्षेत्रको समुद्र सतहदेखि चार हजार छ सय मिटर उचाइबाट देखिएको रामथाङ पिक हिमालको मनोरम दृश्य
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रामा घुम्न आएका पर्यटक र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । समुन्द्री सतहदेखि तीन हजार ६१० मिटर उचाइमा रहेको खोप्रा म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो
Click on Photo to Enlarge
जुम्लाको सिंजा गाउँपालिका– २ स्थित बिष्टबाडामा रहेका १३औँ शताब्दीको ठानिएको देवल । उक्त तीन वटा देवल खस सङ्ग्रहालयस्थल भन्दा बाहिर रहेका छन्
Click on Photo to Enlarge
संखुवासभाको खाँदबारी नगरपालिका– ९ मा रहेको पूर्वको पवित्र धार्मिक तीर्थस्थल मनकामना धाम । अरुण नदी किनारमा रहेको मनकामना धाममा पूजा गरेर वर माग्दा मनोकामना पूरा हुने, चिताएको पुग्ने र दीर्घायु हुने जनविश्वास छ
Click on Photo to Enlarge
सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार बिहान शीतलहरसहित लागेको बाक्लो हुस्सु । हिजोदेखि भएको शीतलहरले यहाँ जाडो बढेको छ