काठमाडौँ, २७ मङ्सिरः कार्यकाल सकिन लागेका राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गर्नुभएको छ र अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि माफी दिनुभएको छ । यसलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकै दिनमा सबैभन्दा ठूलो क्षमादानको कार्य भनेको छ ।
“सफल पुनःस्थापना देखाउने ३९ जनालाई म क्षमा गर्दछु”, बाइडेनले विज्ञप्तिमा भन्नुभयो, “लामो जेल सजाय भोगिरहेका लगभग एक हजार पाँच सय व्यक्तिको सजाय पनि कम गर्दैछु ।”
ह्वाइट हाउसले सजाय कम गरिएका करिब एक हजार पाँच सय मानिसले कम्तीमा एक वर्षदेखि घरमै सजाय भोगिरहेको बताएको छ ।
“अमेरिका सम्भावना र दोस्रो अवसरको प्रतिज्ञामा निर्माण भएको हो”, बाइडेनले भन्नुभयो, “राष्ट्रपतिको हैसियतमा मलाई पश्चाताप र पुनःस्थापना देखाउने व्यक्तिहरूप्रति दया विस्तार गर्ने महान् विशेषाधिकार छ ।”
यस महिना बाइडेनले आफ्नो छोराको कानूनी समस्यामा हस्तक्षेप नगर्ने पहिलेको आश्वासनका बावजुद दुई आपराधिक मुद्दाका लागि सजाय भोगिरहेका आफ्नो छोरा हन्टरलाई आधिकारिक माफी जारी गर्नुभएकामा आलोचनाको सामना गर्नु परेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















