सोमबार, पुष ०८, २०८१

गाजामा अराजकता छ – संयुक्त राष्ट्रसङ्घ


१४ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजा पट्टीमा अराजकता छाएको, खाद्यान्न अभाव बढ्दै गएको, लुटपाट व्यापक भइरहेको, आश्रयस्थलहरूमा बलात्कारका घटनाहरू बढिरहेको र सार्वजनिक व्यवस्था बिग्रँदै गएको बताएको छ ।

प्यालेस्टिनी क्षेत्रहरूमा संयुक्त राष्ट्र मानव अधिकार कार्यालय प्रमुख अजित सुङ्घेले विनाशकारी प्यालेस्टिनी क्षेत्रको आफ्नो पछिल्लो भ्रमणको समापन गरेपछि प्यालेस्टिनीहरूले ‘वास्तवमा बुझ्नुपर्ने मात्रामा’ कष्ट भोगिरहेको बताउनुभयो ।

यस पटक भोकमरीको व्यापकता देखेर म विशेष गरी चिन्तित भएँ”, सुङ्घेले अम्मानबाट भिडियो–लिङ्कमार्फत जेनेभामा मिडिया ब्रिफिङमा भन्नुभयो, “सार्वजनिक व्यवस्था र सुरक्षाको विच्छेदले सीमित स्रोतहरूका लागि लुटपाट र सङ्घर्षको परिस्थिति झनै बिकराल बनाएको छ ।

हामीले महिनौँअघि चेतावनी दिएको गाजाको अराजकता अब यहाँ छ”, परिस्थितिलाई पूर्ण रूपमा पूर्वानुमान योग्य, दृश्यमान र निवारण योग्य बताउँदै उहाँले भन्नुभयो ।

धेरै पटक विस्थापित भएका महिलाहरूले आफ्नो अस्थायी टेन्टहरूमा कुनै सुरक्षित ठाउँ वा गोपनीयताको कमी रहेको कुरामा जोड दिएको सुङ्घेले बताउनुभयो ।

अन्यले लैङ्गिक हिंसा र बलात्कार, बालबालिकाको दुर्व्यवहार र समुदायभित्रका अन्य हिंसाका घटनाहरू युद्ध र कानून प्रवर्तन र सार्वजनिक व्यवस्थाको विच्छेदको परिणाम स्वरूप आश्रयस्थलहरूमा बढेका छन् भनेका छन्”, उहाँले भन्नुभयो । सुङ्गेले गाजा सहरको अवस्थालाई ‘भयानक’ भनेर वर्णन गर्नुभयो । उहाँका अनुसार त्यहाँ हजारौँ विस्थापितले ‘गम्भीर खाद्यान्न अभाव र भयानक सरसफाइ अवस्थाका साथ अमानवीय अवस्थामा’ आश्रय लिएका छन् ।

उहाँले पहिलोपटक दर्जनौँ महिला र बालबालिकालाई घेराबन्दी गरिएको क्षेत्रमा विशाल ल्याण्डफिलमा खाना खोज्दै देखेको बताउनुभयो । गाजामा विनाशको स्तर ‘अझ खराब हुँदै गइरहेको’  उहाँले बताउनुभयो । “मैले भेटेका सबैको साझा अनुरोध थियो कि यसलाई रोक्नुहोस् । यसलाई अन्त्य गर्नुहोस् । पुग्यो ।

संयुक्त राष्ट्रसङ्घलाई अझै पनि उत्तरी गाजामा बस्ने ७० हजार मानिसलाई कुनै सहायता पु¥याउन इजरायली अधिकारीहरूद्वारा ‘पटक–पटक बाधा वा मानवीय कन्भोयहरूलाई अस्वीकार’ गरिएकाले रोकिएको उहाँको भनाइ थियो ।  “यो धेरै स्पष्ट छ कि ठूलो मात्रामा मानवीय सहायता आउनुपर्छ र त्यो आइरहेको छैन”, उहाँले भन्नुभयो । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले तत्काल युद्धविराम गर्न आग्रह गर्नुभयो ।

हत्या अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “बन्धकहरूलाई तुरुन्तै र बिना शर्त रिहा गर्नुपर्छ । मनमानी ढङ्गले हिरासतमा लिइएका व्यक्तिहरूलाई रिहा गर्नुपर्छ र गाजामा अत्यन्त आवश्यक पर्ने खाद्यान्न, औषधि र अन्य महत्त्वपूर्ण सहयोगको पूर्ण मात्रा तत्काल उपलब्ध गराउन हरेक प्रयास गर्नुपर्छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading