मङ्गलबार, पुष ०९, २०८१

सार्वजनिक विदाका कारण आज सेयर बजार बन्द हुने


३ मंसिर, काठमाडौं । आज सेयर बजार बन्द रहने भएको छ । सरकारले दिएको सार्वजनिक विदाका कारण सोमबार सेयर बजार बन्द हुने भएको हो ।

नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले बजार बन्द हुने जानकारी दिए ।  ‘बजार बन्द हुने सूचना हामीले वेबसाइटमा राख्नेछौं’ उनले भने ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading