३० कात्तिक, काठमाडौं । विगत पाँचदिनदेखि लगातार घटिरहेको सुनको मूल्यमा आज थोरै वृद्धि भएको छ। बुधबार तोलामै चौबीस सय रुपैयाँ घटेर एक लाख ६० हजार रुपैयाँमा झरेको सुनको मूल्य आज सय रुपैयाँले बढेको हो।
आज सुन तोलाको एक लाख ६० हजार एकसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो २२ सय रुपैयाँ घटेको थियो।
यही कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। त्यसयता निरन्तर घटिरहेको सुनको मूल्य आज थोरै बढेको हो। दुई साताको अवधिमा सुनको मूल्य तोलामै ११ हजार रुयैयाँ घटिसकेको छ।
आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ। हिजो प्रतितोला एक हजार नौसय पाँच रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार नौसय १० रुपैयाँमा उक्लिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















