२७ कात्तिक, काठमाडौं । सुनचाँदीकै मूल्य आज थप घटेको छ। स्थानीय बजारमा आज सुनको भाउ तोलामै दुई हजार चारसय रुपैयाँले घटेको हो। हिजो सुन तोलामा एक हजार रुपैयाँ घटेको थियो। आइतबार पनि सुनचाँदीकै मूल्य घटेको थियो। विगत तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको लागि सुनको मूल्य तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। हिजो सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो।
आइतबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो। हिजो तोलाको एक हजार घटेको सुनको भाउ आज २४ सय रुपैयाँ घटेको हो। यही कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेकाे थियो।
कात्तिक २० गते सुनको मूल्य प्रतितोला दुई हजार आठ सय र कात्तिक २२ गते प्रतितोला ४ हजार रुपैयाँ घटेको थियो। त्यसयता सुनकाे मूल्य लगातार घटिरहेको छ। आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौ सय २५ रुपैयाँ छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















