काठमाडौँ, पुस १० : प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश जस्तो बन्न दिन नहुने बताएकी छिन् । बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेशजस्तो बनाउन दिन नहुने बताएकी हुन् ।
अन्तरिम सरकार अचानो जस्तो बनेको पनि उनको टिप्पणी छ । राजनीतिक दल र जेन-जी समूहले दिनदिनै सरकार छोड् भन्दै गाली-गलौज गर्ने गरेको उनले बताइन् । सबैतिरबाट गाली आएको भन्दै उनले दिग्दारी व्यक्त गरिन् ।
यस्तो छ प्रधानमन्त्री कार्कीको भनाइ
हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । मारले गाली गर्छ । अहिले छोड्, भोलि छोड् भन्छ । जेन-जीले पनि आजै छोड्, भोलि छोड्, पर्सि छोड् भन्छन् । छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्यौ भन्ने भाष्य आउँछ ।
हामी त पेन्डुलम जस्तो भयौँ । त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ । निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरूमा । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेन-जी समूह हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहिँ नहोस् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










